नेपालप्रति भारतको सद्भाव छ: प्रधानमन्त्री देउवा

हेटौडा न्युज
१८ कार्तिक २०७८, बिहीबार १३:३९
;

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति छिमेकी मुलुक भारतको सद्भाव रहेको बताएका छन् ।

स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले नेपालप्रति छिमेकी मुलुक भारतको सद्भाव रहेको बताएका हुन् । सम्मेलनको क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । भेटवार्ताबारे जानकारी दिंदै प्रधानमन्त्री देउवाले भने, ‘सबै राम्रा कुराहरु भएका छन् ।

भारतको सदभाव देखिएको छ नेपालको निम्ति ।’ युरिया मल भारतमा आवश्यक हुँदाहुँदै पनि नेपाललाई दिएकोमा आफूले धन्यवाद भनेको उनले जानकारी दिए । मोदीसँगको भेटमा देउवाले हवाईजहाज प्रवेश विन्दु अनुमति लगायतका विषयमा कुराकानी गरेका थिए । देउवाले कञ्चनपुर, धनगढी, नेपालगञ्ज र भैरहवाबाट हवाईजहाज प्रवेशको अनुमति दिन मोदीसँग आग्रह गरेको भेटपछि परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*