देशभर पछिल्लो २४ घण्टामा थप २ सय ९५ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२७ कार्तिक २०७८, शनिबार १६:३९
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ९५ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५ पीसीआर परीक्षणमा २ सय ६० र ३ हजार १८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४ सय ७८ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*