वितेको तीन सातामा झण्डै चार लाखले भरे चालक अनुमतिपत्रको फारम
मकवानपुर । वितेको तीन सातामा सवारी चालक अनुमतिपत्रको फारम भर्नेको सङ्ख्या झण्डै चार लाख पुगेको छ ।
लामो समयसम्म अवरुद्ध रहेको सवारी चालक अनुमतिपत्रको आवेदन पुन सुचारु भएपछि तिन सातामै फर्म भर्नेको सङख्या झण्डै चार लाख पुगेको हो । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो। दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ ।
कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो सङ्ख्या झण्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए । कोभिड संक्रमणका कारण यातायात व्यवस्था कार्यालयलले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो ।