देशभर पछिल्लो २४ घण्टामा थप ४ सय १२ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१ मंसिर २०७८, बुधबार १७:११
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ६३ जना र १ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा २ सय २ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*