एमालेको १० औं महाधिवेशनको पूर्व सन्ध्यामा हेटौंडामा आज मोटरसाईकल र्‍याली

हेटौडा न्युज
७ मंसिर २०७८, मंगलवार ०९:४५
;

मकवानपुर । चितवनमा हुने नेकपा एमालेको १० औं महाधिवेशनको पूर्व सन्ध्यामा हेटौंडामा आज दिउँसो बृहत मोटरसाईकल  र्‍याली हुने भएको छ ।

महाधिवेशनको पूर्व सन्ध्यामा महाधिवेशनको प्रचार प्रसारको लागि उक्त मोटरसाईकल ¥यालीको आयोजना गरिएको एमाले मकवानापुरका सचिव एवं  र्‍याली व्यवस्थापन समितिका संयोजक एकलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार मोटरसाईकल ¥याली आज दिउँसो १ बजे हेटौंडा ४ स्थित हुप्राचौरबाट सुरु हुने छ ।

हुप्रचौरबाट औद्यौगीक क्षेत्र हुँदै चिसापानी,चौघोडा,सोनोपोखरा,कान्तिराजपथ,मानसचोक,चौकीटोल हुँदै बुद्धचोक,राप्तीरोडबाट बाईपास हुँदै मेनरोडबाट सिमाचोकमा आईपुगेर कोणसभामा परिणत हुने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*