काङ्ग्रेस बागमती प्रदेश सभापतिमा बानियाँ र केसीबीच पुनः मतदान हुने

हेटौडा न्युज
१९ मंसिर २०७८, आईतवार ११:०२
;

मकवानपुर । नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने भएको छ ।

पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९ सय ९२ मत ल्याएका छन् । जगदिश्वर नरसिंह केसीले ८ सय ७२ र भीमसेन दास प्रधानले १ सय ९७ मत पाएका छन् । अब दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याएका दुई जना (बानियाँ र केसी)बीच पुनः निर्वाचन हुने छ ।

काङ्ग्रेस बागमती प्रदेशमा कूल २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । काङ्ग्रेसको विधानमा सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने प्रावधान छ । ५१ प्रतिशत मत नपुगे बढी मत ल्याएका दुई जनाबीच पुनः प्रतिस्पर्धा गर्ने व्यवस्था छ ।

त्यसैले आइतबार बिहान साढे एघार बजेपछि पुनः मतदान गर्ने तयारी भइरहेको निर्वाचन मण्डलका एक सदस्यले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*