मकवानपुरमा एकैदिन ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि

मकवानपुर । शनिवार मकवानपुरमा ६२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९४ जनाको पीसीआर परिक्षण गर्दा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार ९ सय ४२ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ३ सय ४१ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा ४ सय ३३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६८ जनाको मृत्यु भएको छ ।