पल शाहविरुद्ध प्रहरीको अनुसन्धान सकियो

हेटौडा न्युज
७ चैत्र २०७८, सोमबार १५:२६
;

मकवानपुर । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले अभिनेता पल शाहविरुद्धका अनुसन्धान सकेको छ ।

अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेश गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*