ब्यान्ड एसोसिएसन हेटौंडाद्वारा लाइभ कन्सर्ट

हेटौडा न्युज
१८ चैत्र २०७८, शुक्रबार १३:२८
;

मकवानपुर । ब्यान्ड एसोसिएसन हेटौंडाद्वारा लाइभ कन्सर्टको प्रबर्द्धनको लागि रोड शोको आयोजना गरिएको छ ।

एसोसिएसनले लाइभ कन्सर्ट प्रबर्द्धन र ब्यान्ड च्याम्पियन नेपालमा हेटौंडालाई प्रतिनिधित्व गरेर टप १० मा पुग्न सफल द इन्फेरियोर ब्यान्डलाई समर्थन गर्ने मुख्य उद्देश्यले रोड शो गरेको संयोजक संग्राम बल लामाले बताए । उनले भने ’ब्यान्ड च्याम्पियनको टप १० बाट अघि बढनको लागि भोटको आवश्यक पर्छ । सबैले भोट गरिदिनुहोला द इन्फेरियोर ब्यान्ड लाई ताकि उनीहरुको यात्रा अझै अगाडि बढोस् । इसेवा र ग्लोबल पे एपबाट भोटिङ गर्न सकिनेछ । तर, कतिपयले त्यो नचलाउन पनि सक्छन् तर भोट गर्न चाहने पनि हुन्छन् । त्यसैले यो रोड शोबाट हामीले फन्ड संकलन गरेर उनीहरुको तर्फबाट हाम्रो एसोसिएसनले हेटौंडाको द इन्फेरियोर ब्यान्डलाई भोट गर्नेछौं ।

बिहिवार हेटौंडा–१० स्थित बुद्धचोकमा दिउँसोको १२ बजेदेखि ४ बजेसम्म भएको रोड शोमा १० ओटा ब्यान्डले आफ्नो दमदार प्रस्तुति पेश गरेको थियो । रोड शोमा सिमराको योङनिति ब्यान्ड र हेटौंडाको द एसएचबी, अर्किड नेपाल, अक्षर, आरम्भ, अनविज्ञ, असभ्य, त्रिनेत्र, अल्फाबेट र बट्स ब्यान्डहरुले आफ्नो दमदार प्रस्तुति पेश गर्दै दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । त्यसैगरी हेटौंडाका लेजेन्ड म्युजिसुयन बट्स ब्यान्डका भोकलिस्ट बिजय कार्कीद्वारा नेपाल आइडल सिजन ४ को टप ६ की प्रतिस्पर्धी सुमियन पाख्रीन र द भोइस अफ नेपाल सिजन २ की प्रतिस्पर्धी सुमन परियारलाई सम्मान गरिएको थियो । रोड शोबाट भोटिङको लागि भनेर १ लाख ७० हजारको फन्ड संकलन भएको संयोजक लामा बताउँछन् । साथै उनले यस शोको लागि प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्णमा आभार समेत व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*