नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको ५ औं प्रदेश सभा हेटौंडामा सम्पन्न

हेटौडा न्युज
२० जेष्ठ २०७९, शुक्रबार १५:१९
;

मकवानपुर । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको ५ औं प्रदेश सभा आज हेटौंडामा भएको छ ।

सभामा सहभागी उद्योगी व्यवसायीहरुले निजि क्षेत्रको लगानी सुरक्षीत गर्न थुप्रै कानुन बनाउन आवश्यक रहेको बताएका छन् । कर्जा ऐन , बहाल ऐन, सुरक्षीत कारोबार ऐन ,च्याम्बर ऐन लगाएतका थुप्रै ऐन कानुन बनाउन आवश्यक रहेको उद्यागीहरुको भनाई छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्योगमा काम गर्ने कामदारहरुलाई सिप तथा तालिम प्रदान गर्नुपर्ने बताए ।

उनले उद्योग क्षेत्रको विकासमा प्रदेश सरकारले सक्दो पहल गर्ने समेत बताए । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छा लगाएत उद्योगी व्यवसायीहरु सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*