महालक्ष्मी सहित्य पुरस्कार श्रवण मुकारुङ्गलाई प्रदान

हेटौडा न्युज
२५ असार २०७९, शनिबार १७:५४
;

मकवानपुर । मातृभुमि साहित्य समाज मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएको महालक्ष्मी सहित्य पुरस्कारबाट यस वर्ष प्रसिद्ध साहित्यकार तथा गीतकार श्रवण मुकारुङ्गलाई प्रदान गरेको छ ।

महालक्ष्मी विकाश बैंक लिमिटेडले स्थापना गरेको उक्त पुरस्कार मातृभुमि साहित्य समाज मकवानपुरको आयोजनामा प्रदान गर्दै आइरहेको छ । भाषा,साहित्य कला र संस्कृतिको संरक्षण एवम संवद्र्धनको हेतुले विस २०५६ सालदेखी स्थापना गरिएको यस पुरस्कारको राशि ५१ हजार रहेको छ ।

यस्तै मातृभुमि साहित्य समाज मकवानपुरको संयोजन र व्यवस्थापनमा ईश्वर मैनालीद्धारा बुबाको नाममा स्थापना गरेको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७८ बाट यस वर्ष मकवानपुरमा लामो समय देखी पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार राममणि दाहाललाई प्रदान गरेको छ । समाजका अध्यक्ष माधब पोख्रेलको अध्यक्षता तथा महाकाव्यकार केशवराज आमोदीको प्रमुखअतिथ्यतामा भएको कार्यक्रममा हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी(अन्जली),महालक्ष्मी विकास बैंक हेटौडा शाखा प्रमुख शम्भुप्रसाद पराजुली लगायत मकवानपुरका विभिन्न स्रष्टाहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*