चितवनका बाल गायक प्रिन्स सिलवालको ‘बुट्टे सारी’ सार्वजनिक

हेटौडा न्युज
२० श्रावण २०७९, शुक्रबार १८:०३
;

मकवानपुर । हरितालिका तीज पर्वलाई लक्षित गरेर चितवनका बाल गायक प्रिन्स सिलवालको बुट्टे सारी गीत सार्वजनिक गर्नुभएको छ ।

भड्किलो बन्दै गएको तीजमा आमा र छोराबीचको झगडा र बाध्यताले विदेशीनु परेको बुबाको पिडालाई सिलवालले गीत मार्फत ल्याएका छन् । बिहीबार युटुब च्यानल ‘प्रिन्स सिलवाल अफिसियल’बाट प्रिन्सको बुट्टे सारी बोलेको तीज गीत सार्वजनिक भएको हो । गितमा प्रिन्स सिलवाललाई कलाकार सन्ध्या बुढाले साथ दिएकी छिन् । सीताराम सिलवालको शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको गितलाई आदेश गुरुमछानले एरेन्ज गरेका छन् ।

म्युजिक भिडियोमा गायक प्रिन्स सिलवालसँगै सन्ध्या बुढा, नम्रता शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । यसअघि गायक सिलवालको दसैँ मनाउने हो, माया लाग्छ नेपालको, सरोज खनालको अभिनय रहेको बाबा, ट्राफिक हाम्रै साथी बोलको जनचेतनामूलक गीत सार्वजनिक भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*