अनेरास्ववियु वन संकायमा पन्थको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस कमिटी गठन

हेटौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को वन संकाय हेटौंडा क्याम्पस कमिटी गठन भएको छ ।
शुक्रवार भएका कार्यक्रममा सन्देश पन्थको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस कमिटी गठन भएको हो । उपाध्यक्षमा सगुन राज दाहाल भएका छन भने सचिवमा आशिका पुडासैनी,
सह सचिवमा अविन खनाल,समिक्षा भुसाल, प्रीति रानाभाट र कोषाध्यक्षमा सुविना मिश्र चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा समिता कडेल, महिमा पौडेल, कौषल आचार्य, विनय यादव, एक बहादुर वि क, सृष्टि थापा, रिकिता रावत, अनिष भुषाल, वसन्त मैनाली, विप्लब दाहाल, निश्चल भट्ट, प्रतीक्षा पौडेल, सुगम गुरागाइ, कैलाश तामाङ चयन भएका छन् ।
अनेरास्ववियु वन संकाय हेटौंडाका अध्यक्ष साकार अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य सन्तोष पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष भुवन मैनालि, जिला कमिटी सचिव पुष्कर तिमिल्सिना, जिल्ला कमिटी सह-सचिव स्वेछा तारा दंगाललगायतको उपस्थिती रहेको छ ।