आज सभामुखको मनोनयन दर्ता

हेटौडा न्युज
४ माघ २०७९, बुधबार १२:३४
;

आज संघीय संसदको सभामुखका लागि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

दिउँसो १ देखि ४ बजेसम्म सभामुखमा मनोनयन दर्ता गर्ने समय रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयको निर्वाचन तालिका अनुसार निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूची आजै ४ः१५ बजे प्रकाशित गरिने छ ।

सभामुखको निर्वाचन भोलि ५ माघ ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा हुनेछ ।नेकपा एमालेले झापाका देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ । घिमिरे झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

नेपाली कांग्रेसले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्ने निर्णय गरिसकेको छैन । सभामुखबारे छलफलका लागि कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसिरहेको छ ।

संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ । उक्त समय घर्किन लागेपछि प्रतिनिधि सभामा सभामुख चयन गर्ने तयारी गरिएको हो ।

सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको छ । गठबन्धनका तर्फबाट एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*