मनाेक्रान्तिकाे मैनवत्ती र्यालि

मकवानपुर । महाशिबरात्रिकाे अवसर पारेर हेटाैंडामा मकवानपुर मनाेक्रान्ति परिवारले मैनवत्ती र्यालि गरेकाे छ । हेटाैंडा उपमहानगरपालिका नगर प्रमुख मिनाकुमारी लामाकाे प्रमुख आतिथ्यतामा हेटौंडाकाे बुद्धचाैकबाट र्यालि गरिएकाे थियाे । र्यालिमा हेटाैंडा उपमहानगरपालिका-२ का वडाअध्यक्ष बिष्णुगाेपाल महर्जन, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, मनाेक्रान्तिका राजेन्द्र श्रेष्ठ सहित मकवानपुर मनाेक्रान्ति परिवारकाे सहभागिता रहेकाे थियो । कार्यक्रम बुद्ध चौकबाट शुरु भई सिमाचाैकमा पुगेर समापन भएको थियाे ।