बागमती सरकारद्वारा ५ जनालाई सचिव पदमा बढुवा
मकवानपुर । प्रदेश सरकारले प्रदेश निजामती ऐन २०७९ बमोजिम ५ जना कर्मचारीलाई सचिव पदमा बढुवा गरेको छ । प्रदेश सरकारको आज बुधवार बसेको बैठकले ५ जना कर्मचारी ११ औँ तहमा बढुवा भएका हुन् ।
प्रदेश सरकारले बढुवा गरेकामा स्वास्थ्य सेवा तर्फ ४ जना र शिक्षा सेवातर्फ १ जनालाई बढुवा गरेको हो । प्रदेश निजामती ऐनमा ११ औँ तहको प्रदेश सचिव हुने प्रावधान छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यका दीपक तिवारी, बसन्त अधिकारी, डा. अर्जुन प्रसाद सापकोटा र डा. नरेन्द्र कुमार झा रहेका छन् भने शिक्षा सेवा तर्फका दीपेन्द्र सुवेदीलाई बढुवा गरेको प्रमुख सचिव घनश्याम उपाध्यायले जानकारी दिएका छन् । बढुवाको निर्णय यसअघि नै भएपनि गत साउन ९ मा अदालतमा मुद्दा परेपछि बढुवा प्रक्रिया रोकिएको थियो । तर अदालतले मुद्दा सम्बन्धी रिट खारेज गरेपछि बढुवाको बाटो खुलेको हो ।