अवरुद्ध विपी राजमार्ग सञ्चालन

दुर्घटनामा बाईकमा सवार २ जनाको ज्यान गयो
हेटौडा न्युज
९ पुष २०८०, सोमबार १३:५९
;

सिन्धुली । सुनकोशी गाँउपालिकाको बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि अवरुद्ध विपी राजमार्ग केहीबेर अघिबाट सञ्चालनमा आएको छ । बसमा आगजनी भएपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो । स्थानीय एवं अन्य सवारीका यात्रुले बस चालकको लापरवाहीले दुर्घटना भएको भन्दै बसमा आगजनी गरेका हुन् ।

आज बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौँबाट खुर्कोट तर्फ जाँदै गरेको बा६०प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक खोटाङको तुवाचुङ नगरपालिका–२ का सुसन राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । रामेछापको सुनकोशी गाउँपालिका बोहोरेटार–३ मा सो दुर्घटना भएको थियो । बसमा आगो लगाएपछि आज बिहानदेखि सो राजमार्गमा सवारी आवागमन बन्द भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*