रास्वपाको प्रस्तावः देशको सन्धि सम्झौताको दस्तावेज नष्ट गर्नेलाई राजद्रोहको मुद्दा

हेटौडा न्युज
१२ माघ २०८०, शुक्रबार १५:३१
;

मकवानपुर । देशका महत्वपूर्ण कागजात, दस्तावेजहरु सुरक्षित नराख्ने वा नष्ट गर्ने जिम्मेवार व्यक्तिलाई राज्यद्रोह सरहको मुद्दा लगाउने प्रस्ताव आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयक’ माथि बैठकमा उनले यस्तो प्रस्ताव ल्याएकी छिन् ।

अभिलेख संरक्षण ऐनमा देशको इतिहास, सन्धि/सम्झौता वा अन्य महत्वपूर्ण कागजातहरु सबै नष्ट गरेमा पाँच हजार रुपैयाँ मात्रै जरिवाना तोकिएको छ । सांसद श्रेष्ठले कुनै एउटा माफियाले लोभ देखाएर दस्तावेज नष्ट गर्न लगाएमा ५ हजारमै उन्मुक्ति पाउने हुनाले ऐन संशोधन गर्दै राज्य विरुद्धको कसुरमा राजद्रोहको मुद्दा लगाउन प्रस्ताव गरेकी छिन् ।

साँसद श्रेष्ठले कम्तीमा २० वर्ष जेल सजाय र अधिकतम रकम जरिवाना हुने गरी वर्तमान व्यवस्था संशोधन हुनुपर्ने धारणा राखेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*