देश माओवादी कै एजेण्डामा चलेको छ: लामिछाने
मकवानपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले वर्तमान अवस्थामा मुलुक माओवादीको एजेन्डामा चलेको दाबी गरेका छन् । माओवादीको विरुद्धमा जति लागेपनि माओवादी कमजोर नहुने लामिछानेको जीकिर थियो ।
हिजो शुक्रबार नेकपा माओवादी केन्द्रको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ कमिटीको नवनिर्वाचित कमिटीको सपथग्रहण, प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै इन्चार्ज लामिछानेले माओवादी केन्द्रको नेतृत्वमा प्राप्त उपलब्धिलाई संस्थागत गर्नु आजको आवश्यकता भएको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा वडा कमिटीको संगठानात्मक कार्ययोजना समेत तयार गरिएको थियो । बैशाख ५ गते भएको वडा सम्मेलनले रेवती दाहालको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको थियो । कमिटीको उपाध्यक्षमा ऐक्का बहादुर थिङ, सचिवमा गजेन्द्रनारायण यादव, सहसचिवमा रेजिना शिकारी सुनुवार र कोषाध्यक्षमा मनिषा लामा चयन भएका थिए । त्यस्तै सदस्यहरुमा धर्म राजथला, सरोज पौडेल, उमेश लामा, नवराज तिमल्सिना, लक्ष्मी सापकोटा रहेका छन् ।
नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर अध्यक्ष तीर्थबहादुर थापामगरको आतिथ्यता भएको कार्यक्रममा नव निर्वाचित कमिटीका पदाधिकारीलाई सपथग्रहण सहित प्रमाणपत्र वितरण गरिएको थियो ।