दुर्घटनामा भरतपुरका आकाशको मृत्यु

मकवानपुर/मकवानपुरको मनहरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सोमबार साँझ मनहरी गाउँपालिका ६, भुलचोकमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा. ४ ख. ५५८२ नम्बरको बसले विपरित दिशाबाट गइरहेको बा.प्र.०६-००२ प. ४२३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा चितवनको भरतपुर महानगरपालिका २, क्षेत्रपुर बस्ने २८ वर्षीय आकाश बरामुको मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेका उनको चितवन मेडिकल कलेज, भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस्तै सुनसरीको ईटहरी ७ बस्ने २८ वर्षीय बुद्ध लामा घाइते भएका छन् ।
ठक्कर दिने बसका चालक उदयपुरका नबिन थापालाई मनहरी बजारबाट नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।