भीमफेदीमा रहेको सेनाको बहुउद्देश्यीय प्लाष्टिक उद्योगमा आगलागी

हेटौडा न्युज
१९ चैत्र २०८१, बुधबार १२:१७
;

मकवानपुर/मकवानपुरको भीमफेदीमा रहेको नेपाली सेनाको बहुउद्देश्यीय प्लाष्टिक उद्योगमा आगलागी भएको छ ।

बुधबार बिहान सवा ८ बजेबाट भीमफेदी गाउँपालिका ५, छवेलीमा रहेको प्लाष्टिक उद्योगको जवान व्यारेकमा आगो लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सेनाको तालिममा प्रयोग हुने हेण्ड ग्रिनेड बनाउने सो उद्योग परिसरमा रहेको जवान व्यारेकमा लागेको आगो हेटौँडा उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब २ घन्टापछि नियन्त्रणमा आएको थियो ।

आगलागीबाट जवानहरूको आवासका लागि प्रयोग हुँदै आएको भवन पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरी निरीक्षक ललिता ढकालले जनाएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*