ओभरटन ट्रक दर्जनौ चेकपोष्ट पार गरेर गन्तव्यमा कसरी पुग्छ ?
ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको जवाफ (भिडियोसहित)
मकवानपुर । नेपाल ट्रक यातायात व्यवसायी महासंघले ओभरलोड निरुत्साहित अभियान शुरु गरेको छ । महासंघले आफ्ना सदस्य व्यवसायीहरुलाई सरकारले तोकेको मापदण्ड अनुरुप मात्रै भार बोक्न आग्रह गर्दै स्वस्थ प्रतिस्पर्धा गरेमा व्यवसायी दीगो हुने केन्द्रीय अध्यक्ष राजेन्द्र विक्रम बानियाँले बताएका छन् ।
महासंघको प्रतिनिधित्व गर्दै नेपाल सरकारको सम्वद्ध निकायहरुमा विभिन्न चरणमा छलफल समेत गरिरहेको र भन्सार बिन्दु र नेपाल भित्रको उद्गम स्थलबाट नै भार मिलान गर्ने व्यवस्था मिलाउन लागिएको अध्यक्ष बानियाको भनाई छ । पछिल्लो समय मालबाहक सवारीले क्षमता भन्दा बढी भार बोक्नाले सडक, पुल पुलेसामा क्षति पुग्नुका साथै सवारी दुर्घटनाको जोखिम बढिरहेको उनको भनाई छ । भिडियो लिङ्कः https://youtu.be/xSxsvnq7mfE










