आरडीटी पोजेटिभ देखिएकालाई भैंसी गोठमा राखियो

हेटौडा न्युज
१८ जेष्ठ २०७७, आईतवार १८:०७
;

मकवानपुर । दैलेखमा आइसोलेसनको अभावमा एन्टीबडी पोजेटिभ देखिएका चार स्थानीयलाई भैंसीको गोठमा राखिएको छ । दैलेखको भैरवी गाउँपालिकाले आरडीटी परीक्षणमा एन्टीबडी पोजेटिभ देखिएका चार जनालाई आइसोलेसन नभएपछि क्वारेन्टाइनबाट भैंसीगोठमा पठाइएको हो ।

शनिबार उनीहरुको आरडीटी परीक्षणका क्रममा एन्टीबडी पोजेटिभ आएको थियो । १० दिनअघि भारतबाट आएका उनीहरु ३ नम्बर वडाको देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । आरडिटी पोजेटिभ देखिएपछि अरुलाई पनि सर्ने भन्दै स्थानीयको गोठमा पठाइएको गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी विष्टले बताइन् ।

उपाध्यक्ष विष्टका अनुसार क्वारेन्टाइनमा एउटै कोठामा ५० जनालाई राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*