रुखमा बाधेर छोरी बलात्कार गर्ने बुवा पक्राउ

हेटौडा न्युज
२१ जेष्ठ २०७७, बुधबार १०:०४

धनगढी । आफ्नै छोरी बलात्कारको आरोपमा बुवालाई प्रहरी पक्राउ गरेको छ । आफ्नै छोरीलाई रुखमा बाधेर बलात्कार गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको हो ।

कैलालीको चुरे गाउँपालिका–५ भासु बजारका बस्दै आएका ४५ वर्षिय बाबुले आफ्नै जेठी छोरीलाई जंगलमा लगी रुखमा बाँधेर बलात्कार गरेको आरोपमा प्रहरीले गएराति १० बजे पक्राउ गरेको छ ।

गत जेठ १७ गते रुखमा बाधेर बलात्कार गरेको भनी पीडित युवतिले उजुरी दर्ता गराए पछि बुबा फरार रहेका थिए । फरामर रहेका पिडितका बुवालाई मंगलबार राति १० बजे सहजपुरको जंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भासुको जंगलमा रुखमा हात र खुट्टा बाँधेर बलात्कार गरेको र कसैलाई खबर गरे मार्ने धम्कीसमेत दिएको पीडित महिलाको भनाइ रहेको प्हरीले जनाएको छ ।

पीडित युवतीलाई उपचारका लागी पठाइएको र पिडक बुवालाई कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*