भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो
मकवानपुर । हेटौंडा–काठमाण्डौं जोड्ने छोटो दुरीको सडक पहिरो का कारण अवरुद्ध भएको छ । लगातारको बर्षाका कारण मकवानपुरको भीफमदी गाउँपालिका–६ मा पर्ने सडकखण्डमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय भीमफेदीले सो सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको जनाएको छ । अहिले छोटो मार्गको सडक निर्माण कार्य भइरहेकाले पनि पानी निरन्तर परेकाले पहिरो गएको प्रहरीको भनाई छ ।
पहिरोका कारण दुवै तर्फी बाटो अवरुद्ध भएको र बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।










