थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । नेपालमा थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ सय १३ संक्रमित थपिएको जानकारी दिएको हो ।
यो सँगै, नेपालमा संक्रमित संख्या ३४४८ पुगेको छ । संक्रमित मध्ये अधिकांश क्वारेन्टिनमा बसेकाहरु रहेको मन्त्रालयले जनाएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरीएमकको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४ सय ६७ जनाले कोरोना जितन सफल भएका छन् भने मृतकको संख्या १३ जना पुगेको छ।










