क्वारेन्टाईनमा बसेकाहरु भोक हडतालमा
रौतहट । रौतहटको देवाही गोनाहीमा रहेको क्वारेन्टाईनमा बसेकाहरुले भोक हडताल गरेका छन् । सो नगरपालिकाको जयकिसान उच्च मावि परिसरमा रहेको पोलि टेक्निकल इन्टिच्युटको भवनमा क्वारेन्टाइनमा रहेकाहरुले भोक हडताल गरेका हुन् ।
क्वारेन्टाईनमा बसेकाहरुको कोरोना परीक्षणका लागि ३ साता अघि स्वाब संकलन गरेको भएपनि त्यसको रिपोर्ट अहिलेसम्म नआएको भन्दै भोक हडताल गरेकमो जनाईएको छ ।
क्वारेन्टाईनमा बसेकाहरुले परीक्षण रिपोर्ट नआउने हो भने, आफूहरुलाई घर जान दिनु पर्ने माग गरेका छन् ।










