हेटौंडामा सुस्त मनस्थिति भएकी महिला बलात्कृत

हेटौडा न्युज
३२ जेष्ठ २०७७, आईतवार १८:५१

मकवानपुर । हेटौंडामा एक सुस्त मनस्थिति भएकी महिला बलात्कृत भएकी छिन् । हेटौंडा उपमहानगरपालिका–११ की सुस्त मनस्थिति भएकी २५ वर्षीया अविवाहित ती महिला गत जेठ २४ गते दिउँसो १२ बजे बलात्कृत भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयक मकवानपुरका अनुसार पैसाको प्रलोभनमा पारेर मकैबारीमा लगी ती महिलाको बलात्कार भएको हो ।

पीडितको पक्षबाट जेठ २९ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताएका छन्।

पीडित पक्षले दिएको उजुरी अनुसार प्रतिवादीलाई प्रहरीले खोजिरहेको जनाएको छ। मेडिकल रिपोर्ट र थप अनुसन्धानबाट अदालतमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*