हेटौंडामा करेन्ट लागेर काभ्रेका गौतमको मृत्यु
मकवानपुर । हेटौंडामा करेन्ट लागेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ । हेटौँडा–१० को एक ग्यारेजमा काम गर्ने क्रममा करेन्ट लागेर आज विहान एक जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा काभ्रे घर भई हाल हेटौँडा बस्दै आएका अन्दाजी २४ वर्षीय रवीन्द्र गौतम रहेको प्रहरीले जनाएको छ ।
हेटौंडा–१० को ग्यारेजमा काम गर्दै आएका उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिलला प्रहरी कार्यालयले जनाएको छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस् ।










