थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । नेपालमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा पछिल्लो २४ घण्टामा ५ सय ३५ कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य मनत्रालयले जनाएको छ ।
संक्रमित मध्ये ७४ महिला र ४ सय ६१ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म देशैभर संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ। जसमा ८ सय ९४ जना महिला र ८ हजार ६ सय ६७ जना पुरुषहरु छन्।