महिलासँग आपत्तिजनक अवस्थामा असई समातिए

रौतहट । रौतहटको बसन्तपुरमा नेपाल प्रहरीका असई गाउँकी एक महिलासँग आपत्तिजनक अवस्थामा फेला परेका छन् ।
जिल्लाको बसन्तपुर प्रहरी चौकीका इन्चार्जका रुपमा कार्यरत असई (प्रहरी सहायक निरीक्षक) सञ्जिव झालाई सोही ठाउँकी एक महिलासँग राति बसन्तपुर नगरपालिका वडा नम्बर–२ मा आपत्तिजनक अवस्थामा स्थानीयले भेटेपछि स्थानीयले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् ।
असई झा प्रदेश २–०२–००१ब ०३४३ नम्बरको सरकारी मोटरसाईकल लिएर राति ती महिलालाई भेट्न पुगेका थिए । प्रहरी नै मध्यरातमा आपत्तिजनक अवस्थामा फेला परेपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीराज खड्काले जनाएका छन् ।