कोरोना संक्रमितको शव व्यवस्थापन गर्न जाँदा झडप

काष्की । पोखरामा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापन गर्न नदिने विषयमा विवाद हुँदा झडप भएको छ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जाका एक व्यक्तिको शव व्यवस्थापन गर्न जाँदै गर्दा शव व्यवस्थापन गर्ने स्थानका स्थानीयहरुले अवरोध गरेपछि झडप भएको बताईएको छ ।
पोखरा महानगरपालिकाले खोजेको वडा नम्बर–३२ को तल्लो गगनगौंडाको सेतीघाटमा शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले विरोध गरेका हुन् ।
शव व्यवस्थापनका लागि सेतीघाटतर्फ लैजाँदै सुरक्षामकर्मी र स्थानीयबीच झडप भएको हो । झडपमा दुई जना प्रहरी र १करीब १ दर्जन भन्दा बढी स्थानीयहरु घाइते भएका छन् । स्थिति नियन्त्रणममा लिने क्रममा प्रहरीले ८ जनालाई पक्राऊ गरेको कास्कीका प्रहरीका सूचना अधिकारी सुवास हमालले जानकारी दिएका छन् ।
विवाद नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो ।
यसअघि पोखरामा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्ने क्रममा विवाद भएको थियो ।