इन्स्पेक्टर नै लागूऔषध कारोबारी भएको आरोपमा पक्राऊ

हेटौडा न्युज
११ असार २०७७, बिहीबार १६:१४
;

काठमाडौं । प्रतिबन्धित लागूऔषधको कारोबारमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीका इन्स्पेक्टर (प्रहरी निरीक्षक) रुद्र शाही पक्राउ परेका छन् । पक्राउ परेका इन्स्पेक्टर शाही ललितपुर प्रहरी परिसर, जावलाखेलमा कार्यरत रहेको बताईएको छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका अनुसार हिजो बुधबार काठमाडौंको पेप्सिकोला टाउन प्लानिङ्ग क्षेत्रमा लागूऔषध कारोबारी पक्राउ गरेपछि अनुसन्धान गर्दा इन्स्पेक्टर शाही पनि मुछिएको जनाएको छ ।

प्रहरीले हिजो बुधबार सो क्षेत्रबाट करीब ६ सय बोतल लागूऔषध कोरेक्स बरामद गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*