भिमफेदीमा टेलिकमको नेटवर्क अवरुद्ध
मकवानपुर । मकवानपुरको भीमफेदीमा नेपाल टेलिकमको नेटवर्क अवरुद्ध छ । हिजोदेखि भिमफेदी क्षेत्रमा विद्युत आपूर्तिमा समस्या भएकोले टेलिकमको नेटवर्कमा समस्या आएको हो ।
विद्युत र टेलिकमको नेटवर्क अवरुद्ध भएपछि स्थानीयलाई समस्या परेको छ ।
नेकपा नेता सानु थापाले नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको र यो किन भयो भन्ने बारे कुनै जानकारी पाउन नसकेको बताएका छन् ।
नेपाल टेलिकम हेटौंडाले भने सो क्षेत्रमा विद्युत आपूर्ति बन्द भएका कारण मोबाइलको नेटवर्क अवरुद्ध रहेको जानकारी दिएको छ । हामीले सोलार प्यानल पनि राखेका छौं, घाम नलागेको कारण त्यो पनि चार्ज हुन सकेको छैन, नेपाल टेलिकमको भनाइ छ ।
विद्युत आपूर्ति सहज हुनासाथ नेटवर्क सूचारु कार्यालयको भनाई छ ।
तर, एनसेलको भने नेटवर्क सुचारु रहेको स्थानीयले बताएका छन् ।










