हेटौंडाकी सुस्मिताको हत्याका अभियुक्तलाई आज सार्वजनिक गरिदै

मकवानपुर । हेटौंडाकी सुस्मिता केसी थापाको हत्यामा संलग्न रहेकाहरुलाई आज सार्वजनिक गरिने भएको छ । आज सोमबार विहान ११ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरले थापाको हत्यामा संलग्न रहेका २ जनालाई सार्वजनिक गर्ने भएको हो ।
प्रहरीका अनुसार हत्यामा उनकै परिवारका २ जना सदस्यहरुको संलग्नता रहेको छ ।
अनुसन्धानका क्रममा घटनामा संलग्नता देखिए पछि परिवारका सदस्य २ जनालाई पक्राउ गरेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार घटनामा पक्राउ परेका दुई जना मृतक थापाको ससुरा र नन्द रहेका छन् ।
प्रहरीले आफ्नो आधिकारिक धारणा भने आज ११ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले सार्वजनिक हँुदै गरेका व्यक्तिहरुको विवरणबारे केही नबताएपनि उनीहरुमाथि कतव्र्यज्यान मुद्धामा अनुसन्धान अघि बढाइने जानकारी दिए ।
हेटौंडामा केहि दिन देखि थापाको हत्याको विरोधमा प्रदर्शन हुदै आएको छ । हिजो आइतबार मात्र पनि थापाको हत्याको विरोधमा नामराबाजी सहित जुलुस निकालिएको थियो । जुलुस हेटौंडा बजार परिक्रमा गरी कर्राको सुर्य चोकमा पुगरे मृतक थापाको हत्याको १३ औं दिनको पुण्य तिथिमा मृत आत्मको चिर शान्तिको कामनाका साथ
गत असार २ गते हेटौंडा–४ करर्मा सुर्य चोक नजिक आफ्नै घरको भान्सामा २३ बर्षकी थापाको शव भेटिएको थियो ।