सवारी दुर्घटनामा मकवानपुरकी धितालको मृत्यु, ४ घाइते

मकवानपुर । चितवनको भरतपुरमा दुर्घटनामा परी मकवानपुरकी एक महिलाको मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर-१९ सत्र किलोमा स्कार्पियो र भारतिय बुलेट ग्यास ठोक्किएर भएको दुर्घटनामा मकवानपुरकी एक महिलाको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मुग्लिनबाट नारायणगढतर्फ आईरहेको बा १३ छ ५९२९ नम्बरको स्कार्पियो र विपरीत दिसाबाट गइरहेको NL01Q5106 नम्बरको ग्यास बुलेट एक आपसमा ठोक्किएको थियो ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-५ बस्ने ४८ वर्षीय प्रभा गौतम रहेको प्रहरीले जनाएको छ । त्यसैगरी घाईते हुनेमा सोही स्थान बस्ने ५३ वर्षीय कृष्ण धिताल, २७ वर्षीय वर्षा धिताल, २५ वर्षीय अनुज धिताल र स्कार्पियो चालक ४५ वर्षीय राजन घिमिरे रहेका छन् ।
घाईतेमध्ये अनुज र स्कार्पियो चालक राजनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएकी प्रभा गौतमको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो, भने अन्यको पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ ।
बुलेट ग्यासका चालक फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।