तस्बिरमा गैसस अध्यक्ष धिताल दुर्घटना परेको स्थान

मकवानपुर । चितवनको भरतपुरमा गैर सरकारी सस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार सवार स्कारपियो दुर्घटनामा परेको छ । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर-१९ सत्र किलोमा स्कार्पियो र भारतिय गाडीसंग ठोक्किएर भएको दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतम धितालको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
सोमबार सांझ साढे पाँच बजेको समयमा सवारी दुर्घटना भएको हो ।
काठमाण्डौबाट परिवार सहित हेटौंडा फर्कने क्रममा भारतीय बुलेट ग्यास बोकेको गाडीसंग आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेका अध्यक्ष धिताल र उनकी छोरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ भने चालक राजन घिमिरे र धितालका छोराको अवस्था गम्भिर घाइते रहेको जनाइएको छ ।
उनिहरुको चितवन पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।