इन्स्पेक्टर रायविरुद्ध विशेष अदालतमा मुद्दा दायर

हेटौडा न्युज
२४ असार २०७७, बुधबार १६:३८
;

काठमाडौं । मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामबालक रायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

इन्स्पेक्टर रायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका सञ्चालकबाट रायले १२ हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ ।

इन्स्पेक्टर राय इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*