१६ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

३ वर्षदेखि बलात्कार गर्दै आएको किशोरीको आरोप
हेटौडा न्युज
३१ असार २०७७, बुधबार ०८:५३
;

किशोरीलाई बलात्कार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् ।

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधीश शाहीले आफ्नै गाँउकी बहिनी नाता पर्ने एक १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि लगातार बलात्कार गर्दै आएको भनी प्रहरीमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा शाहीलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले जानकारी दिएका छन् ।
पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको छ ।

सोधपुछका क्रममा वडा अध्यक्ष शाहीले उ आफ्नो बहिनी नाता पर्ने र उनीसँग कुने अनैतिक सम्बन्ध नरहेको र आफूलाई फसाउन खोजिएको भनेको प्रहरीको भनाइ छ ।

तीन वर्षदेखि बलात्कृत भएको बताउने किशोरीले भने तीन वर्षदेखि पटक–पटक बलात्कार गर्दै आफूलाई मार्ने धम्की दिएको बताएकी छिन् । किशोरीले भनिन्ः यही असारमा गाँउकी एक जना साथीले आफूलाई बोलाउन घर आइन् । म बिरामी परेर सुतेकी थिएँ । वडा अध्यक्ष घरमा आएर पुनः बलात्कार गर्दै थिए । ती साथीले सबै देखिन् । उनलाई पनि वडा अध्यक्षले कतै केही नभन्न धम्की दिएर भागेको पीडित किशोरीले बताएकी छिन् । त्यो साथीले पछि गाँउमा अरुलाई साथीहरुलाई भनिदिको गाँउमा अरुले पनि थाहापछि परिवारलाई सबै कुरा भनेको किशोरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*