कोरोनाको कारण यसवर्षको देवघाट मेला नहुने

चितवन । कोरोना भाइरसको उच्च जोखिम भएका कारण यसवर्ष बोलबम मेला नहुने भएको छ । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटमा यसपटक मेला नहुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिएका छन् ।
देवघाटमा हरेक वर्ष साउन महिनाको हरेक सोमबार बोलबम मेला यसवर्ष नहुने भएको हो ।
चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेपछि समिति मेला नगर्ने निर्णयमा पुगेको क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले जनाएको छ ।
स्वदेश तथा विदेशबाट स्नानका लागि हरेक वर्ष साउनको पहिलो सोमबार ५० हजार तीर्थयात्री आउने देवघाटमा यसवर्ष भने क्षेत्र विकास समितिले यसवर्ष मेला नहुने र देवघाटमा स्नानका लागि नआउन सार्वजनिक सूचना र अपिल प्रकाशन गर्ने अध्यक्ष पौडेलले बताए ।
सरकारले यसअघि नै देशभर कुनै मेला महोत्सव आयोजना नगर्न निर्देशन नै जारी गरिसकेको छ ।