प्रहरी र तस्करबीच गोली हानाहान, दुईजना पक्राउ
बिहीबार प्रहरी र तस्करबीच गोली हानाहान भएको छ । सुनसरीको सीमा क्षेत्र देवानगन्जमा ३ जना भारतीय नागरीक सहित २ वटा मोटरसाईकलमा आएका ५ जनाको समुहलाई रोकेर प्रहरीको गस्ती टोलीले चेकजाँच क्रममा प्रहरीमाथि गोलीप्रहार गरेको थियो ।
प्रहरीको तर्फबाट जवाफी फायर हुँदा दुई जना घाइते भएका थिए भने ३ जना भारतीय भारततर्फ नै भागेका थिए ।
गोलीप्रहार गरेर फरार हुन खोजेका उनीहरुलाई १ थान अटोमेटिक पेस्तोल सहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका २ का २३ वर्षीय पिन्टु र ३२ वर्षीय राजेश यादव छन् ।
घटनास्थलबाट प्रहरीले अटोमटिक पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड र म्यागजिन २ थान , भारतीय नम्बर प्लेटको एक र अनटेस्ट लेखिएको एक थान मोटरसाइकल पनि बरामद गरेको छ ।










