पीसीआर रिर्पोट नेगेटिभ आएपछि क्वारेन्टाइन बसेका एक व्यक्तिको मृत्यु
कुश्मा । पीसीआर रिर्पोट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।
दक्षिण पर्वतको पैयुँ गाउँपालिकास्थित सामुदायिक क्वारेन्टाइनमा बसेका पैयुँ गाउँपालिका–६ का ५२ वर्षीय यामबहादुर भारतीको मृत्यु भएको हो ।
भारतीको शुक्रबार राति गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार राति उनलाई अस्पताल पु¥याइएको थियो । उनलाई राति नै चिकित्सकले मृत घोषणा गरेका थिए ।
स्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमका अनुसार असार पहिलो साता भारतबाट फर्किएका उनको असार २३ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।
तर क्वारेन्टाइनमा बसेको बेला मृत्यु भएका उनी उच्च रक्तचापको बिरामी भएको पाइएको छ ।
‘क्वारेन्टाइनमै रहेको हुँदा एक पटक स्वाब लिएर रिपोर्ट आएपछि मात्रै दाहसंस्कार गर्न सल्लाह दिएका छौँ,’ गौतमले भने ।










