चीनमा फेरि फैलियो प्लेग रोग, एक किशोरको मृत्यु
काठमाडौँ । चीनको पश्चिमी मंगोलियामा प्लेगको कारण १५ वर्षीय किशोरको मृत्यु भएको छ । किशोरको सम्पर्क आएका सबै १५ जनालाई अलग्गै राखिएको छ भने उनीहरुलाई एन्टिबायोटिक समेत दिन थालिएको चीनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता नरगरेल डोरगेका अनुसार भित्रि मंगोलियामा शुरु भएको ब्यूबोनिक प्लेगको संक्रमण बढ्न थालेको छ । यसैसँग मुसा खाएका दुई अन्य किशोरहरुको उपचार भइरहेको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार सबैलाई गोबी अलताई प्रान्तमा क्वारेन्टाइनमा राखिएको छ । त्यसैगरी, मंगोलिया सरकारले एक चेतावनी जारी गर्दै मानिसहरूलाई मुसाको मासु नखान अपिल गरेको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाकाअनुसार बुबोनिक प्लेगबाट संक्रमित अर्का बिरामीको अवस्था सुधार भएको छ ।
ब्यूबोनिक प्लेगका ब्याक्टेरियाहरू प्रायः मुसाबाट फैलिन्छन्, तर चीनमा यो लोखर्के जस्तो देखिन मुसाबाट फैलिएको छ । यो जीव अधिकतर मंगोलिया र उत्तर एशियामा पाइन्छ । सन् २०१९ नोभेम्बर महिनामा ४ वटा यसको केस भटिएको थियो जसमा प्लेगका दुई खतरनाक प्रकार भेटिएको थियो । यसलाई न्यूमोनिक प्लेग भनिएको थियो ।
त्यस्तै प्लेग सन् १९९४ सेप्टेम्बर गुजरातको सुरतमा पनि फैलिएको थियो। यसैगरि, अमेरिकामा यस प्लेगको संक्रमण भटिएको छ ।एजेन्सी










