पानी ट्यांकीमा डुबेर दुई बालकको मृत्यु

हेटौडा न्युज
५ श्रावण २०७७, सोमबार १४:०८
;

बझाङ । पानी ट्यांकीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तलकोट गाउँपालिका ३, बस्तीका रुपेश रोकायाको ९ वर्षीय छोरा सोवन र सोही ठाउँका रामचन्द्र रोकायाका ८ वर्षीय छोरा सर्जन रहेका छन् ।

सोही क्षेत्रको सिँचाइको पानी ट्यांकीमा नुहाउने क्रममा ती दुवैजना पानीमा डुवेका थिए ।

पानीमा डुबेका दुबैजनालाई जिल्ला अस्पताल बझाङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*