पहिरोले पुरिएर ३४ वर्षीैय महिलाको मृत्यु
काठमाडौं । गोरखामा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । गण्डकी गाउँपालिका–४ फुजेलमा पहिरोले पुरिएर ३४ वर्षकी लक्ष्मी गुरुङको मृत्यु भएको हो ।
बाख्रालाई घाँस दिन गएका बेला गोठ पहिरिँदा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङका अनुसार गोठ पुरिँदा १० वटा बाख्रा पनि मरेको छ ।










