थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप १ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।
देशभरका प्रयोगशालामा ४ हजार २ सय १६ नमुना परीक्षण गर्दा १सय ८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने आजसम्म ११ हजार ८ सय ६८ जना संक्रमितले कोरोना जितेका छन ।