नारायणगढ–मुग्लिन सडकमा यातायात ठप्प

हेटौडा न्युज
६ श्रावण २०७७, मंगलवार ११:५६
;

भरतपुर ।  विगत केही दिनदेखी परिरहेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको दुई सयभन्दा बढि स्थानमा पहिरो गएको छ । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा यातायात ठप्प भएको हो ।

नारायणगढ मुग्लिन सडकको १७ किलो भन्ने ठाउँमा पनि सडक भासिएको छ । यहाँ एकोहोरो सडक सञ्चालन गर्न सकिने अवस्था भएको बताइएको छ ।

राजमार्गमा दुई सय भन्दा वढी पहिरो खसी रहेकाले पहिरो पन्छाउन समस्या भइरहेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इन्जिनियर कृष्णप्रसाद अधिकारी बताए ।

तराईका जिल्लाहरुवाट काठमाण्डौ जानुपर्ने यात्रुहरुले बैकल्पिक रुपमा हेटौडावाट जाने विभिन्न सडकहरु प्रयोग गर्न सकिने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*