जमेको पानीमा डुबेर हेटौंडामा एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ चुच्चेखोलाको एक खोल्चामा जमेको पानीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय राम तिमल्सीना रहेको प्रहरीले जनाएको छ । उनी छारे रोगबाट पीडित थिए ।
मंगलवार एक्कासी व्यथाले चाप्दा घर नजिकैको खोल्चामा जमेको पानीमा डुब्दा उनी गम्भीर घाइते भएका थिए ।
गम्भिर घाईते भएको अवस्थामा उनलाई स्थानियले देखेपछि उपचार लागि हेटौंडा अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।










