‘द कपिल शर्मा शो’ पुनः सोनी टिभीमार्फत प्रसारण हुने

हेटौडा न्युज
७ श्रावण २०७७, बुधबार १२:३३

‘द कपिल शर्मा शो’ पुनः सोनी टेलिभिजनमार्फत प्रसारण हुने भएको छ। भारतीय टेलिभिजनका कमेडियन कपिल शर्माको ‘द कपिल शर्मा शो’ पुनः सोनी टेलिभिजनमार्फत प्रसारण हुने भएको हो ।

सोनी टिभीले नयाँ प्रोमो जारी गर्दै शो पुनः प्रशारणको तयारी थालीएको जनाएको छ । सोनी टिभीले लेखेको छ, ‘फर्किनेछ त्यो खुसी र ती जोक्स। हामी सुरक्षित तरिकाले नयाँ सुरुआत गर्दैछौं।’

यसअघि अर्चना पूरण सिंहले पनि शुटिङका केही भिडियो सामाजिक सञ्जालमा राखेकी थिइन्।

अर्चनाले चार महिनाअघि छोडेको स्टेजमा नयाँ जोश र नयाँ तरिकाको प्रस्तुतीका साथ पुनरागमन भएको उल्लेख गरेकी छिन् ।

अब आउने शोको पहिलो पाहुना अभिनेता सोनु सुद हुने जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*