श्रीमतीलाई जिउँदै जलाएको आरोपमा एक जना पक्राउ
काठमाडौं । श्रीमतीलाई जिउँदै जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाइ घाईते बनाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने दिपेन सदा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरी चौकी लक्ष्मीपुर र ईप्रका भेडियाबाट खटिएको टोलीले बुधवार २९ वर्षीय सदालाई पक्राउ गरेको हो ।
सदाले २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाई घाईते बनाएका थिए ।
घाईतेको धरान स्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।










